(१) समितिलाई नियम ५ को उप–नियम (१) अनुसार पेश हुन आएको विवरण तथा कागजात जाँचबुझको सन्दर्भमा देहाय बमोजिमको अधिकार तथा कर्तव्य हुनेछः–
(क) पेश हुन आएका विवरण तथा कागजातबाट चित्त नबुझे अरू कागजात पेश गराउनु र अन्य आवश्यक कुरा सोधपूछ गर्ने ।
(ख) विवरण तथा कागजात अनुसारको नियन्त्रित सामान एक–एक गन्ती गरी हेर्ने वा जाँच्ने ।
(ग) चाहिएको कागजात पेश नगरेको वा खुलाउनु पर्ने कुरा नखुलाएकोमा त्यसको कारण लेखाई लिने र कारण मनासिव भए जाँच्ने र कारण
मनासिव नभए सिफारिशमा सोही कुरा उल्लेख गर्ने ।
(घ) नियन्त्रित सामान जाँच्दा कसैको गफलत वा लापरवाहीबाट बेकम्बा ठहरिन आएमा जसको गफलत वा लापरवाहीबाट भएको हो सो
व्यक्तिको नाम उल्लेख गरी निजसँग त्यस्तो नोक्सानी सामानको मोल असूल गर्ने वा अरू कारवाही गर्ने हो सो समेत आÇनो रायसाथ
सिफारिश पेश गर्ने ।
(ङ) जाँच गरी सकेपछि बेकम्बा ठहरिएका नियन्त्रित सामान कहिले नमेटिने गरी रद्दी भनी चिन्ह लगाई दिने ।
(च) जँचाउन ल्याउन नसकिने नियन्त्रित सामान भए त्यस्तो सामान रहेको ठाउँमा गै जाँच्ने ।
(छ) रद्दी ठहरिएका नियन्त्रित सामान नेपाल सरकारको कुनै अड्डा खाना वा अन्य संस्थालाई काम लाग्ने देखिए त्यस्ता सामानको मोल लिई वा नलिई (मोल लिने भए त्यसको अंक कायम गरी) दिन सिफारिश गर्ने ।
(ज) नियन्त्रित सामान जाँच्दा धुलाउनु वा सडाउनु पर्ने भए सो कुरा र सो सामान प्रयोगमा ल्याउन सकिने देखिएमा कहाँबाट कुन तरीकाले मर्मत गराउँदा किफायत पर्न जान्छ सो समेत खुलाई सिफारिश गर्ने ।
(झ) विवरण बमोजिमको नियन्त्रित सामान जाँच्दा मनासिव कारणले कम हुन आएको देखिए कम भए जतिको मिनाहाको लागि सिफारिश गर्ने ।
(२) उप–नियम (१) बमोजिमको काम समाप्त भएपछि समितिले आफ्नो ठहर सहित रीतपूर्वकको सिफारिश सम्बन्धित तह मार्फत वलाधिकृत विभागमा पठाउनु पर्छ ।
(३) समितिले आफ्नो कार्यक्षेत्र भित्रको कुनै काम कारवाहीको सम्बन्धमा सुधार ल्याउन आवश्यक देखेमा त्यसको सुझाव दिन पनि समितिको कर्तव्य हुनेछ ।